एमाले नेता बस्नेतको प्रचण्डलाई चेतावनी :  ‘मनोहरा फाँटबाटै लखेट्न नपरोस’

युवा संघका कार्यकर्तालाई इशारा मात्रै गरे पनि गाउँगाउँबाट उनीहरुलाई लखेट्ने सकिन्छ तर एमाले लोकतन्त्रमा बिवस गर्ने भएर त्यस्तो इशारा दिएका छैनौँ भन्दै युवा नेता बस्नेतले भन्नुभयो, “प्रचण्डको ज्यादती बिरुद्ध लड्ने व्यक्ति महेश बस्नेत हो, कस्ता कस्ता कहाँ गए, मुसाको छोरा दरबार । बिचरा प्रचण्ड र तिनको शुम्भ, निशुम्भले मलाई लखेट्ने रे, प्रचण्डले इतिहास फर्केर हेरे हुन्छ, ठाउँ ठाउँमा युथ फोर्सले, युवा संघले लखेटेको सम्झे हुन्छ, फेरी पनि धेरै निहुँ खोजे भक्तपुर छिर्न त के मनोहरा फाँटबाटै लखेट्न नपरोस् ।”

जनयुद्धका नाममा हत्या, हिंसा, धम्की, अपहरण, लुटतन्त्र मच्चाएर देश कब्जा गर्न गठन गरेको वाईसिएससँग पहिलो पटक प्रतिवाद गर्ने तत्कालिन युथ फोर्स र महेश बस्नेत हो भन्दै पूर्वमन्त्री एवं प्रतिनिधीसभा सांसद बस्नेतले प्रचण्डतर्फ संकेत गर्दै भन्नुभयो, “इतिहास नकोट्याउनुस्, तपाईका शुम्भ निशुम्भलाई बनेपाका टुपी ठाडो पारेर भगाएको बिर्सनु भयो, राजन दाहाललाई तह लगाउने यहीँ युवा संघ, हो, युथ फोर्स हो, रातोमाटेबाट लखेटेको बिर्सनु भो, रामेछापमा भीडबाट ढुङ गुडाएर तामाकोशी खसालेर हत्या गर्न खोज्न काठमाडौंबाट युथ फोर्स गएर तह लगाएको बिर्सनु भो, इतिहास हेर्नुहा्स्, हामीले लखेटेका दिन सम्झनुहोस् ।”

एमालेमा आएको जनताको लहर देखेर तिरमिराएको प्रचण्डले अहिले केपी ओली र महेश बस्नेतलाई गाली गर्न बाहेक केही नजाने भन्दै उहाँले परिवार, छोरी, ज्वाई र आफन्तको फाइदा मात्रै हेर्ने प्रचण्डले शहिद, घाइते परिवारलाई धोका दिएर बनाएको साम्राज्य जनतालेनै ध्वस्त पार्ने टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *