आफ्नो नाम जोडेर फेक भिडियो अतिरन्जित गरेकोमा महेश बस्नेतको आक्रोश : कारबाहीका लागि साइवर ब्यूरोमा जाने

काठमाडौं ! फेक भिडियो मार्फत सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले साइवर अपराधमा उजुरी दिने तयारी गर्नुभएको छ।

वाईसीएलका कायकर्ताले  महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर गरेपछि उक्त भिडियो भाइरल बनेको छ।

भिडियोमा देखिएको तनाव भने गएको स्थानीय चुनावको हो । माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भनिएको छ ।

माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको बस्नेतको सचिवालयले जनाएको छ । यस्ता गतिविधि विरुद्ध आफुहरु साइवर अपराध अन्तरगत गएर फेक गतिविधि गर्नेलाई कारबाहीको माग गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *