एमाले अध्यक्ष ओली र रवीन्द्र मिश्रबिच भेटवार्ता : भेटमा अध्यक्ष ओलीले दिनुभयो सिक्का उपहार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रवीन्द्र मिश्रको भेट भएको छ ।

आईतबार साँझ बालकोट पुगेर अध्यक्ष ओलीसँग अढाई घण्टा कुराकानी गरेको मिश्रले साजाजिक संजालमा लेख्नुभएको छ ।

उहाँले भेटमा आगामी निर्वाचनको सन्दर्भमा छलफल गरेको जानकारी दिनुभएको छ । खासगरी उहाँहरुबीच व्यक्तिगत र राजनीतिक विषयमा कुराकानी भएको मिश्रले जनाउनु भएको छ ।

कुराकानीको अन्त्यमा नेपालको चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का उपहार स्वरुप दिएको मिश्रले लेख्नुभएको छ।

भेटपछि रवीन्द्रले लेख्नु भएको यस्तो छ स्टाटस्

“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छरु” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।” उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२र०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ। ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो।

आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो। सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”

 चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *