नेकपा(एस)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगायो : यी हुन संभावित मन्त्रीहरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्य मन्त्रीमा रामकुमारी झाँक्रीलाई पठाउने तयारी गरेको छ ।

अहिले केहीबेरमा बस्ने सचिवालय बैठकले यसको निर्णय गर्ने भएको छ ।

पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई सरकारमा पठाउने तयारी गरिएको छ ।

भवानी खापुङलाई राज्यमन्त्रीमा पठाउने तयारी गरिएको एक नेताले जानकारी दिए ।

खतिवडालाई सहरी विकास मन्त्रालय दिने तयारी गरिएको छ भने आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने छन् । श्रेष्ठलाई श्रममन्त्री दिने तयारी गरिएको छ । खापुङले पाउने राज्यमन्त्रीको बारेमा निर्णय भइसकेको छैन ।

नेकपा एसका नेता वेदुराम भुसालका अनुसार सम्भावित नामहरु यिनै भए पनि बेलुकासम्ममात्रै अन्तिम टुंगो लाग्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *