काठमाडौ ! प्रतिनिधीसभाको आजको बैठकमा बोल्दै माओबादी केन्द्रका साङ्सद मातृका यादवले प्रमुख प्रतिपक्षी दलका नेता एवम पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाइ ब्यक्तिगत रुपमा गम्भीर आरोप लगाउनु भयो। सम्मानित सदनमा त्यो किसिमको व्यक्तिगत लान्छना लाउने कसैलाई पनि अधिकार् छैन।संसद जस्तो गरिमामय स्थलमा अर्को माननीय विरुद्द अमानवीय तवरले मानसिक संतुलन चेक गराउनुपर्ने,स्वास्थ्यमा समस्या जस्ता अराजक एवम अमानवीय तथ्यहरु बारम्बर बोल्न थालेपछी प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतक विशाल भट्टराईले कडा प्रतिवाद गर्नुभएको छ। यो गरिमामय संसदमा कुनैपनी माननीय विरुद्द अमानवीय तवरले प्रहार गर्न पाइदैन भन्ने नियम छ त्यसैले नियमावली विपरित उहाले व्यक्तिबादी एवम अमानवीय आरोपहरु लाउनु भएकोले यी भनाईहरुलाइ संसदको रेकर्डबाट हटाइयोस भनी सभामुखलाइ समेत ध्यानाकर्षण गराउनु भएको थियो।