वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी निर्वाचन लड्ने

काठमाडौँ । वामदेव गौतमले पनि नेकपा माओवादी केन्द्रकै चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन् । पूर्व एमालेबाट असन्तुष्ट भएर बाहिरै बसेका र हाल नेकपा राष्ट्रिय एकता अभियानका संयोजक रहेका गौतमले माओवादीसँग प्रतिनिधि सभामा १ सिट मागेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा गौतमले माओवादीकै चुनाव चिह्नबाट निर्वाचनमा जाने सहमति गरेका हुन् । यसअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि माओवादीकै चुनावचिह्नबाट निर्वाचनमा जाने सहमति गरेका थिए ।

नेकपा माओवादी केन्द्र दुवै नेताका प्रस्तावप्रति सकारात्मक रहेको र पार्टीले आफ्नो चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय गरिसकेको बताइएको छ । स्रोतका अनुसार नेता गौतमले माओवादीसँग प्रतिनिधिसभामा १ सिट र प्रदेश सभामा २ सिट माग गरेका छन् । यद्यपि सिट संख्याबारे चाहिँ सहमति भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *