मंसिर ४ : कैलाली ५ नारदमुनीका लागि सहज, आरजुका लागि फलामको चिउरा

काठमाडौं ! प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर ४ गते मिति तय भएसंगै विभिन्न दलबाट आ-आफ्नो दावी नेताहरुले प्रस्तुत गर्न थालेका छन् । देशकै ध्यान तानिरहेको कैलाली क्षेत्र नम्बर ५ मा पुरानै उमेदवारबिच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । २०७४ सालमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका एमाले नेता पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना एमालेबाट फेरी उम्मेदवार हुने पक्का छ। पाँच बर्ष जनताको सेवा गरेर जनताको राम्रो रेस्पोन्स पाएका राना यो पटकको निर्वाचनमा उठ्न तम्तयार छन् भने पार्टी केन्द्रले पनि रानाको विकल्प अरु नखोज्ने निश्चित छ।

यता नेपाली काग्रेंसलेपनि फेरी आरजु राणा देउवालाई नै कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाउने तयारी गरेको छ । आरजु राणा नारदमुनी रानासंग २०७४ मा ५ हजार मतले पराजित भएकी थिइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।

आफ्ना भाषणहरुबाट पटक-पटक विवादमा परेकी राणालाई धनगढीमा टुरिस्ट उम्मेदवारको रुपमा चिनिन्छ। गत स्थानीय निर्वाचनमै उनिमाथी काङ्ग्रेस भित्रबाटै ठूलो असन्तुष्टि थियो तर पावरको भरमा उम्मेदवार बनेतापनि जनताको उम्मेदवार बन्न उनी चुकिन। यो पटकको निर्वाचनमा पनि उनलाई नारदमुनी राना भारी पर्ने निश्चित छ। पाँच बर्ष जनताको माझमा बसेर काम गरेका राना स्थानियमा गत निर्वाचनको भन्दा लोकप्रिय छन् । स्थानीय रैथाने नेता तथा यो कार्यकालमा उल्लेख्य विकासका कामहरु भित्र्याएकोले उनलाई निर्वाचन जित्न कठिन देखिदैन। यो समयमा एमाले एकढिक्का हुनु,जनतामा उनको लोकप्रियता बढ्नु,स्थानीय हुनु, जनतालाई चाहिंदो आश्वासन बाड्नु र पूरा गर्नु नै उनलाई निर्वाचन जिताउने आधारहरु हुन भनेर धनगढीका चोकचोकमा चर्चा हुन थालेको छ। अर्कोतर्फ काङ्ग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी राणालाई काङ्ग्रेस भित्रबाटै असहयोग हुने निश्चित छ। बेलाबेलामा उनका विवादित अभिव्यक्तिहरु उनकै लागि यो निर्वाचनमा ठूलो अभिशाप बन्ने निश्चित छ। धनगढीमा भेटिने काङ्ग्रेस कार्यकर्ताले नै उनको उम्मेदवारीलाई नरुचाउने स्थितिमा आम सर्वसाधारण जनताको मनमा उनिप्रतिको भाव सजिलै आकलन गर्न सकिन्छ। निर्वाचनका समयमा मात्र झुलुक्क झुल्किने र अघिपछि अनुहार नदेखाउने उनको स्वभाव यो पटक कैलाली ५ मा उनलाई अझ महङ्गो पर्न सक्छ। कैलालीको गेटामा अवस्थित गेटा मेडिकल कलेज संचालनमा प्रधानमन्त्री देउवा र पत्नी आरजुको उदासिनतालाई पनि यो पटक कैलाली ५ का जनताले मतदान मार्फत पैचो तिर्ने आकलन गरिएको छ।

यी यस्तै कारणहरुले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जित्न सकेन,यस् अघिको निर्वाचनमा प्रमुख/उपप्रमुख काङ्ग्रेसले जितेको थियो । यो पटक प्रमुखमा स्वतन्त्र उम्मेदवार र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन्। अघिल्लोपटक २ वटा वडामा सीमित एमालेले अहिले ६ वटा वडा जितेको छ । सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि २०७४ को स्थानीय तहभन्दा राम्रो परिणाम आएको भन्दै कैलाली ५ मा एमाले हौसिएको छ । कांग्रेसले भने आन्तरिक किचलोले स्थानीय तहमा अपेक्षित नतिजा नआएको भन्दै अत्तालिएको छ।

यस क्षेत्रमा धनगढी उपमहानगरपालिका पूरै र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ पर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *