लोसपा नेता लेखी पुरानो घर एमालेमा फर्किदै : आज अध्यक्ष ओलीले स्वागत गर्नुहुने

काठमाडौं ! आदिबासी/थारु आन्दोलनका एक अगुवा, आदिबासी जनजाति महासंघका पुर्ब अध्यक्ष , लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकुमार लेखी आज आफ्नो पुरानो घर नेकपा (एमाले) मा फर्किदै हुनुहुन्छ।

करिब १० बर्ष अघि नेकपा(एमाले)परित्याग गर्नुभएको उहाँले फेरि पुरानै घर रोज्न लाग्नुभएको हो।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशन स्थलमै करिब १०० जना आफ्ना नेता कार्यकर्ता लिएर आज १० बजे उहाँ एमालेमा प्रवेश गर्दैहुनुहुन्छ । उहाँलाई नेकपा(एमाले)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टिमा स्वागत गर्नुहुने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *