एमाले अध्यक्ष ओलीलाई भेट्न रेखा थापा बालकोटमा

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ ।

थापा अध्यक्ष ओलीलाई भेट्न आज उहाँको निवास बालकोट जानुभएको थियो । उक्त भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित हुनुहुन्थ्यो ।

‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भयो,’ रेखाले भन्नुभयो, ‘राजनीतिमा छोरीहरुको अवस्थाबारे पनि छलफल भयो । उहाँ अभिभावकजस्तै हो नि त ।’

केही दिन अघि मात्र एक मिडिया मार्फत थापाले आफुलाई समकालीन नेताहरु मध्ये केपी ओली असाध्यै मन पर्ने बताउनु भएको थियो र सो भिडियो भाइरल समेत भएको थियो। त्यसपछि थापा अध्यक्ष ओली भेट्न जानुलाई चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *