राष्ट्रपतिले नागरिकता विधेयक प्रतिनिधिसभामै फिर्ता पठाउनुपर्छः नेता थापा

काठमाडौं ! नेकपा एमालेका नेता कर्णबहादुर थापाले अहिलेको निर्वाचन प्रणालीले कुनै एउटा पार्टीले बहुमत दिन सक्दैन भने संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
“अहिलेको समानुपातिक निर्वाचन प्रणाली प्रणालीले जनभावनाको सही प्रतिनिधित्व हुन सकेको छैन । देशको हितभन्दा अहित भएको छ । यसलाई जनताले रुचाएका छैनन् । यसमा बहस गर्न एमाले तयार छ । संविधान बनाउने बेला हामीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऊँ भनेकै हो,”

कुनै एउटा पार्टी विशेषको विरुद्ध अपवित्र गठबन्धन गर्नु देशका लागि अभिशाप भएको पनि थापाले बताए । उनले थपे, “जनता गठबन्धनको पक्षमा छैनन् । उनीहरुले गठबन्धन अभिशाप हो भन्ने बुझेका छन् । गत स्थानीय तहको निर्वाचनमै जनताले उनीहरुको शक्ति र ल्याकत राम्ररी जाँचिसकेका छन् । उनीहरुको उद्देश्य, कार्यक्रम र नीति भनेको सबथोक गठबन्धनमात्र हो । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने खिचडीको राजनीति हो । हामी समृद्ध नेपाल, सुखी नेपालीको एजेन्डासहित एक्लै चुनावमा जान्छौं । कहीं कहीं कोही मिल्नु तपसिलको कुरा हो ।”

थापाले वर्तमान सरकार जनताको समस्याप्रति संवेदनहीन रहेको आरोप पनि लगाए । उनले भने, यो जनताले बनाएको सरकार होइन । परमादेशले बनाएको सरकार हो । विषाक्त गठबन्धन जनता र राष्ट्रका समस्यामा संवेदनहीन छ । अर्को प्रसंगमा उनले एमाले संघीयताविरोधी पार्टी नभएको पनि दाबी गरे । उनले भने, “संघीयताको मोडल देशका लागि उपयोगी बनेन । स्रोत साधनको दुरुपयोग भयो । तर एमाले संघीयताविरोधी पार्टी होइन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *