सुरु भयो निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया : जनमत पार्टी बन्यो पहिलो दर्ता गर्ने दल

काठमाडौं- आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु भएको छ। आयोगको सूचना अनुसार आइतबारदेखि सो प्रक्रिया सुरु भएको हो।आइतबार साढे १ बजेसम्म चारवटा पार्टी आयोगमा दर्ता भइसकेका छन्। पहिलो पार्टी भने सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको हो।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मंसिर ४ गते एकैचरणमा निर्वाचन हुने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *