गठबन्धन सरकार थप एक वर्ष रहे श्रीलंका बन्ने निश्चित : महासचिव पोखरेल

काठमाडौं ! नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताउनु भएको छ । राष्ट्रिय जनसास्कृतिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्षमा विदेशी मुद्राको सञ्चिति शून्य अवस्थामा पुग्ने र मुलक श्रीलंकाको बाटोमा जाने बताउनु भयो।

मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्णरुपमा असफल भएको उहाँले बताउनु भयो। यो सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्रको विकास सम्भव नरहेको उहाँले ठोकुवा गर्नुभयो।

महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गर्नुभयो। उहाँले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *