लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै : निर्वाचन तालमेल बारे छलफल हुनसक्ने

काठमाडौं ! लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा भएसँगै लोसपाले कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

आगामी सोमबारका लागि बोलाइएको बैठकमा चुनावी गठबन्धन, निर्वाचन तयारी प्रक्रिया र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ । लोसपाले आगामी निर्वाचनमा मुख्य दलहरुसँग तालमेल गरेर जाने बताएपनि सत्ता गठबन्धन वा प्रमुख प्रतिपक्षी एमालेसँग तालमेल गर्ने भनेर निर्णय गरिसकेको छैन। सम्भवत: लोसपाले पनि यो बैठकबाट आफ्नो चुनावी धारणा सार्वजनिक गर्नेछ। नागरिक विधेयक संसदबाट पास भएसँगै काङ्ग्रेससँग नजिकिएको लोसपाको यो निर्णयलाई सबैले चासोका रुपमा हेरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *