गठबन्धनबाट देश जोगाउन अब केपी ओलीले राजनैनिक नेतृत्व लिनुपर्छ : नेता सिपी मैनाली

काठमाडौं ! नेकपा मालेका महासचिव सीपी मैनालीले अब देश जोगाउन नेकपा एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

मंगलबार तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले देशलाई जोगाउने हो भने केपी ओलीले नेतृत्व गर्नुपर्ने बताएका हुन् ।

ओलीले गरेको संसद विघटन प्रतिगमन नभएर तत्कालीन नेकपाको बहुमत पक्षले गरेको निषेधबाट बाँच्नका लागि चालिएको बाध्यात्मक कदम भएको बताएका मैनालीले
प्रचण्ड माधवहरुले विदेशी गुहारेर परमादेशबाट गठबन्धनको प्रधानमन्त्री बनाएको आरोप लगाए ।

‘सबै देशभक्तले यो रोक्नुपर्छ । यो काम गर्ने हो भने एमालेको अध्यक्ष केपी ओलीले यस विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी । उनीहरु गलत शक्तिलाई लिएर दुष्ट अभिष्ट पूरा गर्न लाग्छन् भने तपाईले प्रतिपक्षमा रहेका देशभक्त शक्तिहरुको गठबन्धन बनाउनुपर्छ । उनीहरुसँग मत कम भए पनि गुडविल छ । दुष्ट गठबन्धनको बहुमत रोक्न सकिन्छ र तपाईको नेतृत्वको गठबन्धनले बहुमत ल्याउन सक्छ ।’ मैनालीले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *