माधव नेपाललाई पहिलो चरणमै धक्का : पुर्वमन्त्री पुरुषोत्तम पौडेलले छोड्नुभयो साथ

काठमाडौं। पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माधव नेपालको साथ छाड्नुभएको छ। नेकपाको एकता भंग भई एमाले ब्युँतिएपछि माधव नेपालसँगै समानान्तर कमिटीमा आबद्ध पौडेल पार्टी विभाजनको एक महिनापछि एमालमै रहने निर्णयमा पुग्नुभएको हो।

तत्कालीन एमालेको खेलकुद महासंघका अध्यक्ष पौडेल सुशील कोइरालाको पालामा खेलकुदमन्त्री बन्नुभएको थियो। पौडेलले एमालेमा ४३ वर्ष सक्रिय राजनीतिक जीवन बिताइसकेकाले आफ्नो कर्मभूमि र मूल पार्टीलाई एकीकृत गर्ने पक्षमा निर्णय लिएको जानकारी दिनुभएको छ।

अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखिने उहाँको भनाइ छ । ‘विभाजनतिर लाग्नुभन्दा आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढीकरण गर्दै अघि बढ्नु उचित हुने देखिन्छ। पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ,’ उहाँ यसरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *