पार्टीमा अहंकार पलाएको भन्दै दिलनाथ गिरीसहित चार नेताद्वारा गरे राप्रपा परित्याग

काठमाडौं- पूर्व मन्त्रीसमेत रहेका दिलनाथ गिरीसहितका चारजना नेताले राप्रपा परित्याग गरेका छन्। नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले राप्रपा परित्यागको घोषणा गरेका हुन्।

मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राप्रपामा आन्तरिक प्रजातन्त्रको चिरहरण भएको, सर्वसत्तावाद र अहंकार मौलाको, विधी विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नबनेको भन्दै पार्टी परित्याग गरेको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *