संघिय सांसदको बजेटमा धनगढीका मेयर लगायतको झुठो खेती : मिडियामा तथ्य विपरीतका प्रतिक्रिया(तथ्यसहित)

काठमाडौं ! धनगढीमा आगामी चुनाबका लागि माहोल गर्मागर्मी जस्तै बन्न लागेको छ।यसको प्रमाणहरु त्यहाका स्थानिय तहका नेताहरुले मिडियामा आफू अनुकुलका अभिव्यक्तीहरु दिएर हिडेकाले प्रस्ट भएको छ।

धनगढी उपमहानगरपालिका अर्थात यो कैलालीको क्षेत्र न. ५ निर्वाचन क्षेत्रभित्र पर्दछ ।प्रदेशकै अस्थायी राजधानी र प्रदेशको हब भएकोले धनगढीलाई त्यहाका सबैपक्षले आफ्नो अनुकुल पार्न प्रयासरत हुन्छन। भनिन्छ,धनगढी राजनैतिककर्मीका लागि त झन प्रतिस्ठाको उद्गम स्थल हो।हालका प्रधानमन्त्री शेर ब. देउवापनी केही बर्ष अघि त्यहाबाट निर्वाचित बनेका थिए।उहाँकी धर्मपत्नि आरजु राणा गत प्रतिनिधिसभामा पराजित बन्न पुगेकी थिइन् ।

कैलाली क्षेत्र न. ५ बाट निर्वाचित संघीय सांसद नारदमुनि राना(थारु)हुन।त्यहा निर्वाचित दुई प्रदेश सभामा नेकपा एमाले र माओबादी केन्द्रबाट १/१ जना छन,अर्थात नेपाली काङ्ग्रेस उक्त निर्वाचन क्षेत्रमा संघीय र प्रदेशतिर शुन्य छ ।धनगढी उपमहानगरपालिकामा मेयर काङ्ग्रेसका निर्प वड छन,स्थानिय निर्वाचन ताका काङ्ग्रेस माओबादी लगायतको गठबन्धन रहेकाले धनगढीमा काङ्ग्रेसले स्थानीय तहमा राम्रै जीत हासिल गर्यो तर त्यसपछिको संघिय र प्रदेश निर्वाचनमा शुन्यमा झर्यो।

उक्त निर्वाचनपछि संघ र प्रदेशमा तत्कालिन नेकपाको बहुमतको सरकार बन्यो।देशमा केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा आउनुभयो।सुखि नेपाली समृद्ध नेपाल नाराका साथ अघि बढेको ओली सरकारले धनगढीमा विभिन्न विकाश लगायत जनताको हितमा बजेटहरु पार्यो।उक्त बजेट सरकारले पार्नुभनेकै संघिय सांसद नारदमुनी रानाको पहल र सिफारिस हो।धनगढीका वडा अध्यक्ष र मेयरले चाहदैमा केन्द्र सरकारबाट बजेट आउने परिस्थिति थिएन, त्यसको लागि राजनैतिक समीकरणपनि मिल्नु पर्दछ ।आफ्नै पार्टिको अध्यक्ष प्रधानमन्त्री भएको बेला सांसद रानाले विभिन्न विधामा बजेटहरु पारेको स्पस्ट छ।जनताको मनमनमा उक्त कुरा उल्लेखित छ।प्रदेश सरकारले पनि सोही अनुसार आफ्नो अस्थायी राजधानीलाई प्राथमिकतामा राखेको थियो तर आजभोली यहि विसयलाई काङ्ग्रेसका त्यस क्षेत्रमा रहेका वडा अध्यक्ष र मेयरले आफ्नो गरिखाने मेलो(चुनाबी एजेन्डा) बनाउन थालेका छन।काम गर्ने कालू मकै खाने भालु भन्ने नेपाली उखान चरितार्थ झै नेपाली काङ्ग्रेसका नेताहरुले मिडियामा झुटा कुराहरु प्रस्तुत गर्न थालेका छन।

केही दिन अघिमात्र सुप मिडिया नामको अनलाइन मिडियामा धनगढी उपमहानगरपालिका वाड न.८ का वडा अध्यक्ष र मेयर दुबैले संघिय सांसदले धनगढीमा कुनै बजेट नपारेको झुटो तथ्य पेस गरेका छन।जबकी ती उनिहरुले प्रस्तुत गरेका बजेट र कामहरु सांसद रानाकै पहलमा पुगेका थिए।स्थानिय चुनाब आउन केही महिना मात्र बाकी रहेको बेला यस्तो झुटो प्रचारशैली अपनाउदा काङ्ग्रेसकै अस्तित्व घट्ने आम जनताहरुको बुझाइ छ।कोभिडको समयमा जनतालाइ राहतको नाममा कुहिएको चामल बाड्ने उपमहानगरपालिकाले यस्तो झुट बोलेर त्यहा जनताले अब नपत्याउने आकलन छ।ओली सरकारले धनगढीमा विभिन्न मात्रामा रणनैतिक सडकहरुका लागि बजेट छुट्याएको थियो तर सरकार ढालिएपछी बनेको काङ्ग्रेस सभापती नेतृत्वको सरकारले उक्त सबै विकासे बजेटहरु खारेज गरिदिएको छ। आफ्नै क्षेत्रको विकासे बजेट आफ्नै पार्टिका प्रधानमन्त्रीले खारेज गर्दा चुइक्क नबोल्ने ती नेताहरु लगातार ४ बर्षको संघिय संसदबाट परेको बजेटलाई हामीले गरेको हो भन्न कुन नैतिकताले मिल्छ?त्यहाका अगुवा स्थानियको प्रश्न छ।उहाँहरुले बिकास चाहने हो भने त अहिलेको सरकारले गरेको ज्याजती बिरुद्द खै उहाँहरु बोलेको?त्यसैलेपनी चुनाबी फन्डा भन्दा नैतिकताको राजनितिलाइ आत्मसाथ गरे राजनीतिमा सफल भइने नेकपा एमालेका नेता कार्यकर्ताको बुझाई छ।
धनगढीमा काङ्ग्रेस निकट वडा अध्यक्ष र मेयरले गरेको झुटो प्रचार विरुद्द सर्वसाधारण सामाजिक सन्जालमा यसरी तथ्यसहित प्रस्तुत भएका छन।सामाजिक सन्जालमा आज भेटिएका तथ्यहरु यस्ता छन;-

झुठ बोल्न सिपालु धनगढी उपमहानगरका मेयरका झुठहरु :-
१)२०७२ सालमा नेकपा(एमाले )को सरकारका प्रधानमन्त्री के.पी शर्मा ओली हुदा शहरी विकासको अवधारणा अनुसार देशै भरिबाट धनगढी नगरपालिका सहित २० वटा शहरबाट शुरु भएको “”सघन शहरी कार्यक्रम””” एमालेले शुरु गरेको हो र उक्त कार्यक्रमबाट धनगढीमा ११० कि मी कालोपत्रे सडक र नाली निर्माण भएका छन। धनगढी उप- महानगरपालिका वडा नं८ को City Hall, फुलवारीमा निर्माण भएको जेष्ठ नागरिक भवन,जडिबुटी प्रशोधन केन्द्र र फुलवारीको कोल्ड स्टोर सबै सघन शहरका कार्यक्रम हुन र बजेट हाल्ने काम कैलाली निर्वाचन क्षेत्र नं ५ का संघिय सांसद नारद मुनि रानाको पहलमा भएको हो।
२)क्षेत्रीय शहरी विकास आयोजना के.पी ओली प्रधानमन्त्री हुदां शुरु भएको आयोजना हो। यो आयोजना २०७६ सालमा मात्रै टेण्डर भएको हो, के पी ओलिको पालामा
३)Six lane को सडक धनगढी- अत्तरिया,नेपालगञ्ज- कोहलपुर ,सुनौलो -बुटवल,विरगञ्ज- पतलैया,विराटनगर – ईटहरी र कांकडभित्ता- विर्तामोड सडक एकै पटक कोरीडोरको रुपमा नेकपा (एमाले )को सरकारले शुरु गरेको हो।
४) धनगढी खुटिया दिपायल सडक गत बर्ष नै टेण्डर भएको हो, एमाले सरकारको पालामा
५)धनगढी नमुना प्राविधिक विद्यालयको नमुना तिनवटा ठुला भवन ,राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बाट १४ वटा विद्यालयमा भवन निर्माण ,१२ वटा विद्यालयमा कम्प्युटर ल्याबका साथै फुलवारीमा IT Smart school बनाउदा संघिय सांसद नारद मुनि राना हुनुहुन्छ ।अनि कसरी मेयरले बनायो भन्न सक्या लाज लागेन।
६)हुलाकी सडक चारलेन (क्याम्पस चौक देखि मनेहरा सम्म) र जिल्ला भरी दुईलेन सडक टेण्डर २०७६ सालमा भएको हो,के पी ओली प्रधानमन्त्री हुदा भएको हो।
७)फुलवाी बहुमुखी क्याम्पस पर्खाल र कैलाली बहुमुखी क्याम्पसको परिक्षा हल माननीय नारद मुनि रानाको पहलमा बनेको हो।
८) खुटियापुल देखि उर्मा भादा गदरिया सडक,पच्चीस घर फुलवारी गदरिया सडक,गदरिय बनकट्टा सडक टेण्डर भएको बाटो परमादेश सरकारले काटेको छ।
९)खुटिया नदि र मोहना नदिमा जनताको तटबन्धको कार्यक्रमको टेण्डर २०७७ सालमा टेण्डर भैसकेको छ।यो बर्षबाट निर्माण हुदैछ।के पी ओली कै पालामा टेण्डर भएको हो।
१०)निर्वाचन क्षेत्र विकास कोष मात्रै सासदको बजेट होईन ,संघिय सरकारका सबै मन्त्रालयगत योजना संघिय सांसदको पहल बिना सम्भव नै हुदैन
११) धनगढी उप-महानगरपालिका वडा नं ३ नेतुवा तालमा WATER PARK मा साढे १० करोड बढिको योजना संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्णय संघिय सांसदको पहलमा आएको हो!
१२) धनगढी उप-महानगरपालिका वडा नं १३ राजपुरमा निर्माण भैरहेको रानाथारु सांस्कृतिक संग्रहालयमा १० करोड बढीको आयोजना कसको पहलमा निर्माण भैरहेको छ।
१२)धनगढी उप-महानगपालिकाका मेयरलाई जनताको प्रश्न
तपाई मेयर भएपछि नगरपालिकाको बजेटबाट कतिवटा सडक र कति कि.मी कालोपत्रे गर्नु भयो ?

कतिवटा विद्यालय भवन बनाउनु भयो?

कतिवटा सामुदायिक भवन बनाउनु भयो?

IT Lab/ Coputer Lab कतिवटा बनाउनु भयो?

प्रधानमन्त्री रोजगारको रकम कहां खर्च गर्नु भयो ?

कोरोना रोकथाम,उपचार तथा निदानका लागि आएको केन्द्र सरकारको रकम कहाँ कहाँ खर्च गर्नु भयो ?

राहतका नाममा नगरबासीलाई कुहिएको र किरा परेको चामल किन बांडनु भयो ?

कोरोना महामारीको बेला नगरबासीको जिवन माथि किन खेलवाड गरेको ?

नेपाली कांग्रेसका कार्यकर्ता बाहेक कति जनालाई रोजगारी दिनु भयो?

हेक्का रहोस

धनगढी उप-महानगरपालिकाको बन्दै गरेको नयाँ भवनको बजेट र विभिन्न वडामा बनेका वडा कार्यालयका भवन राष्ट्रिय योजना आयोगोबाट बिशेष र समपुरक आनुदानबाट बनेका हुन यी योजना निर्णय गराउन संघिय सांसदलाई पटक पटक फोन गरेको बिर्सनु भयो?संघिय सांसदको पहल बिना केन्द्रीय सरकारको योजना पाउने सम्भावना थिएन किनकि संघिय सरकार नेकपा (एमाले )का अध्यक्ष एवम् के .पी शर्मा ओलीको नेतृत्वमा थियोे र त्यसका लागि मेयरको पहुँच नै थिएन।अनि ठुला कुरा गर्ने लाज लाग्दैन धन्य हो,धनगढीका मेयर झुठ बोल्न सिपालु !!                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *