प्रचण्ड दिल्लीमा रहेकै बेला नारायणकाजीले भने – शक्ति प्राप्तको लागि विदेशीको सहयोग माग्न जानू लज्जास्पद

काठमाडौं ! माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशभित्रको आन्तरिक स्वरुपलाई छिमेकीसँग सुझाब सल्लाह माग्न विदेशी शक्तिसँग पुग्नु लज्जास्पद भएको बताउनु भएको छ। नेपालको भुराजनीतिक अवस्था,चुनौती र अबको बाटो बिषयक विचार गोष्ठीमा आज राष्ट्रियसभाको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो।

उहाँले राष्ट्रिय स्वाभिमान कमजोर बनाउन हामी भित्रैबाट भुमिका रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो-‘सत्ताप्राप्त गर्न,शक्तिमा रहन हामी विदेशीसामु सल्लाह गर्न जान्छौ भने कसरी देश स्वतन्त्र रहन्छ?हामीले हामीभित्रै राष्ट्रिय सहमती गरेर सल्लाह गरेर अघि बढेमात्र देश बन्दछ र छिमेकीले हस्तक्षेप गर्न सक्दैन।’ उहाँले देश भित्रको मामलामा विदेशीसँग सल्लाह गर्न जानू लज्जास्पद भएको बताउनु भयो।

आजको यो कार्यक्रममा उहाँले बोल्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दिल्लिमा हुनुहुन्छ। उहाँले यसो भन्दै गर्दा प्रचण्ड आगामी रणनीति बनाउन दिल्ली गएको आम सर्वसाधारण र राजनैतिक वृत्तको बुझाई छ ।

यो कार्यक्रममा प्रमुख अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भने विभिन्न राजनैतिक दलका नेताहरु पनि वक्तामा हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *