एकीकृत समाजवादीको पदाधिकारी र केन्द्रिय कमिटी चयन

नेकपा (एकीकृत समाजवादी) ले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। आज सम्पन्न केन्द्रीय समितिको बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको जगन्नाथ खतिवडाले बताए।

काठमाडौं ! केन्द्रीय समितिले महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ। उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र जयन्ती राई चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल छन्।

यस्तै, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र राजेन्द्र राईलाई चयन गरिएको छ। यसअघि सचिवालय बैठकमा राईको नाम सचिवमा प्रस्ताव नगरिएको भए पनि केन्द्रीय समितिले उनलाई सचिवमा चयन गरेको हो। पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहने यसअघि नै टुंगो लागिसकेको छ भने नेतामा मुकुन्द न्यौपानेलाई चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *