एमाले अध्यक्ष ओली र बामदेव गौतम बिच भेटवार्ता : अध्यक्ष ओलीले स्मरण गराउनु भयो नेकपा विभाजनमा बामदेवको भुमिका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहान भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित अध्यक्ष ओली निवास जानुभएको थियो ।

भेटवार्तामा वाम एकताको विषयमा नेता बामदेव गौतमले छलफल गर्नु भएको बुझिएको छ । सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले अध्यक्ष ओलीलाई भेटेको बताइएको छ ।

जवाफमा ओलीले तत्कालीन नेकपा विभाजन गराउन प्रचण्ड,माधव,झलनाथ सँगै बामदेवको पनि उत्तिकै भुमिका रहेको गौतमलाई स्मरण गराउनु भएको थियो। उहाँको उक्त भनाईप्रति बामदेवको मौन समर्थन रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *