वामदेव गौतमले एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्दै

काठमाडौँ — नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर पार्टीको नाम एकता राष्ट्रिय अभियान नामको राजनीतिक दल घोषणा गर्न लागेका हुन् ।

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए ।

उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *