जसपाले पनि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने

काठमाडौं ! जनता समाजवादी पार्टी (जसपा) नेपालले  सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेकपा एसले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएपछि जसपाभित्र पनि मन्त्री फेरबदल गर्न दबाब बढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *