नेकपा एसको केन्द्रीय कमिटी बैठक शुरू, प्रेम आले सहित ४ मन्त्री बैठकमा अनुपस्थित

काठमाडौं ! नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरू भएको छ ।
बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा साढे १२ बजेदेखि शुरू भएको हो ।

बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना मन्त्री भने अनुपस्थित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले अनुपस्थित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *