रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा जारी कार्यक्रममा उनको दलको औपचारिक घोषणा गरेका हुन् । उक्त दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी प्रस्ताव गरेका छन् ।

लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् ।रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *