एमाले अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा

काठमाडौँ ! एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेटवार्ता गर्नु भएको छ ।

बालकोटस्थित अध्यक्ष ओली निवासमा भएको भेटमा नागरिकता विधेयक संसद्को चालु अधिवेशनमा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको जनाइएको छ ।

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप म र कानुनमन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थियौँ । कुराकानी सकारात्मक भएको छ,’ गृहमन्त्री खाँणले भन्नुभयो।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्‍मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई भेट्नु भएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *