आफ्ना मन्त्रीहरु परिवर्तन गर्न नेकपा एस दृढ : भन्यो बजेट पास लगत्तै मन्त्री परिवर्तन हुन्छन्

काठमाडौं ! नेकपा एकीकृत समाजवादीले बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने बताएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले यसअघि पार्टीको सचिवालय समितिले गरेको मन्त्री हेरफेरको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘सचिवालयको बैठकले विगतमा गरेका निर्णयको अनुमोदन गरेको छ, त्यसमा हाम्रा मन्त्री हेरफेरको निर्णय पनि पर्छ’ उनले भने, ‘बजेटको काम समाप्त भएपछि हामी नयाँ मन्त्रीहरु सरकारमा पठाउनेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *