एमाले अध्यक्ष ओलीसँग नारायणकाजीको भेट स्वभाविक : देव गुरुङ

काठमाडौँ ! नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन्।
माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यकताअनुसार केन्द्रिय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताए।

नेता गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविकै रुपमा लिइएको प्रतिक्रिया दिए। उनले राष्ट्रिय स्वाधिनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने धारणा राखे।

उनले भने, ‘एमाले अध्यक्ष ओली र नेता नारायणकाजी बीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन। राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ। विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग सहकार्य गरेर स्थानी तह निर्वाचनमा जानु परेको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *