नारायणकाजीले एमाले अध्यक्ष ओलीलाई भेटेपछि सत्ता गठबन्धनमा खैलाबैला : बाम गठबन्धनको संभावना

काठमाडौ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । भेटवार्तामा बाम गठबन्धनका विषयमा छलफल भएको बताइएको छ ।

आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ । नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे । तर भेटमा भएको कुराकानीबारे बताउन भने चाहेनन् ।

दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *