नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
‘हामीले २४ घण्टा भित्र मन्त्री फिर्ता बोलाउने निर्णय गरेका छौं । अब उहाँहरु फिर्ता हुनुहुन्छ।’ खनालले भने ।
पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधि नाघेको भन्दै बैठकमा समीक्षा भएको थियो ।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै अन्तिम निर्णयकाे अधिकार अध्यक्ष नेपालसँग रहेको बताए।