कैलाली जिसस : एमाले,माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी बिच गठबन्धन

कैलाली !  कैलाली जिल्लामा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ती पार्टीको नेतृत्वमा बन्ने भएको छ ।

एमाले र माओवादीसंगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले जिसस प्रमुख पाउने भएको हो । प्रमुखसंगै नागरिकले थप दुई सदस्य लिने सहमति बिहीबार भएको छ ।

यस्तै एमालले उपप्रमुख र एक सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले बताए ।
यस्तै माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने भएको छ ।

१३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ जना प्रमुख/उपप्रमुख आवश्यक हुन्छ ।

नागरिक उन्मुक्ती, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन् । कैलालीमा नागरिक उन्मुक्तीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ । एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ । यस्तै माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ ।

यस्तै गरेर काँग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ । यस्तै एकीकृत समाजवादी र स्वतन्त्रले १/१ प्रमुख जितेको छन् ।
कैलालीमा काँग्रेस, माओवादी र समाजवादी मिलेर स्थानीय तह चुनाव लडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *