विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रद्रारा राजिनामा

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्।

स्थानीय निर्वाचनमा उनको पार्टी नराम्रोसँग पराजित भएपछि मिश्रले बुधबार राजीनामा दिएका हुन्।
`गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा नि:स्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु’, उनले विज्ञप्तिमा भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *