धनगढीमा सर्वदलीय बैठक जारी : दिउँसो १२ बजेबाट मतगणना गर्ने तयारी

धनगढी ! सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको हो । सर्वदलीय बैठकबाट सहमति जुटाएर केही समयपछि मतगणना थालिने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

धनगढीमा १२ बजेबाट मतगणना तयारीका लागि अहिले बैठक बसिरहेको छ । धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि शुक्रबार मतदान सम्पन्न भएको थियो। दलिय र स्वतन्त्र उम्मेदवारले शुत्रबार रातिदेखि नै गणना सुरु गर्न माग गरे पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजदेखि नै सुरु गर्ने अडान लिएको थियो । रातिदेखि नै मतगणना सुरु हुर्नुपर्ने भन्दै नारावाजी गरिरहेका युवाहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *