एमाले उपाध्यक्ष बादलको रेणु दाहाललाई काउन्टर- तपाइँले ट्रेलर त देखाउनुभयो, फिल्म दुखान्त बन्नेछ

भरतपुर : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको बाटोमा गएको बताउनु भएको छ । चितवनको भरतपुरमा आज आयोजित चुनावी सभामा सम्बोधन गर्दै उहाँले माओवादी आफ्नो विचार, सिद्धान्त र नीतिबाट च्युत भएको बताउनु भयो।

‘नेकपा माओवादी केन्द्र पतनको दिशामा अगाडि बढेको छ। आफ्नो विचार, सिद्धान्त र नीतिबाट पछि हटेको छ,’ बादलले भन्नुभयो, ‘माओवादीहरु पुँजीपति वर्गमा परिणत भएको छ।’
उहाँले आम माओवादी कार्यकर्ताहरुलाई भ्रममा मुक्त हुन आह्वान गर्नुभयो। ‘चितवनका आम माओवादी कार्यकर्ताहरुलाई भन्न चाहन्छु। माओवादीको भ्रमबाट मुक्त हुनुहोस्,’ उहाँले भन्नुभयो।
उहाँले भरतपुरका गठबन्धनका मेयर उम्मेदवार रेणु दाहाललाई पूरा फिल्म दुखान्त बन्ने बताउनु भयो। ‘यहाँका नेकपा माओवादीका उम्मेदवारले यो त ट्रेलरमात्र हो, पूरा फिल्म देखाउन बाँकी छ भनेर उद्घोष गरेका रहेछन्। म भन्न चाहन्छु त्यो फिल्म दुखान्त नाटकमा परिणत हुनेछ,’ उहाँले भन्नुभयो।
गठबन्धनको चुनावी सभामा दाहालले भरतपुरको विकास ट्रेलरमात्र भएको बतएकी थिइन्। पूरा फिल्म त आफूलाई जिताएपछि देख्न मिल्ने उनको भनाइको आशय थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *