टुरिष्ट उम्मेदवार धनगढी आएर मलेसिया पठादिन्छु भन्न सक्छन,सचेत बनौं : नेता नारदमुनी राना

धनगढी ! नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानाले प्रधानमन्त्री पत्नी एवं काङ्ग्रेस केन्द्रिय सदस्य आरजु राणाप्रति लक्षित गर्दै धनगढीका विभिन्न वडाहरुमा टुरिस्ट उम्मेदवारले झुटा आश्वासनहरु बाडिरहेकोले सचेत रहन मतदातालाई आग्रह गर्नुभयो।

आज धनगढी उपमहानगरपालिका वडा न.१२ को चुनावी घरदैलो कार्यक्रम अन्तरगत कोण सभालाई सम्बोधन गदै उहाँले उक्त कुरा बताउनु भएको हो ।
`काङ्ग्रेसकी टुरिस्ट उम्मेदवारले यहाँ तपाईहरुलाई विभिन्न आश्वासन बाडिरहेकी छन् ,कसैलाई मलेसिया त कसैलाई कतै पठाइदिन्छु भनिरहेकी छन् ,उनका यस्ता बेतुकका आश्वासनमा नभुल्न आग्रह गर्दछु ।´-नेता रानाले भन्नुभयो।

नेता रानाले आरजु राणाले देशको अर्थतन्त्र आफ्नो घरको ढुकुटी जस्तो सम्झेर काङ्ग्रेसले जितेको नगरमा मात्र दिने भनेर भन्नू लोकतान्त्रिक प्रणाली माथिको प्रहार भएको बताउनु भएको छ। हामीले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्था माथी नै काङ्ग्रेसका टुरिस्ट उम्मेदवारले प्रहार गर्दै गरेको बताउँदै उहाँले धनगढीको बिकास र सुशासनको लागि एमालेका उम्मेदवारहरुलाई भोट हाल्न समेत मतदाताहरुलाई आग्रह गर्नुभयो। उहाँले यहाँका बाटाघाटा र अन्य बिकासका लागि आफुले बजेट ल्याएको समेत स्पष्ट पार्नुभयो।

धनगढी उपमहानगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना छन् । त्यस्तै वडा न.१२ मा एमालेको वडा अध्यक्षका उम्मेदवार शेर बहादुर महरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *