माधव नेपाल कुहिएको फर्सी हुन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कुहिएको फर्सी भएको बताउनु भयो।

आज शुक्रबार नेपालकै गृहजिल्ला रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई कुहिएको फर्सिको संज्ञा दिनुभएको हो।

माधव नेपाललाई पार्टीले पार्टी प्रमुख, सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री बनाएको अध्यक्ष ओलीले बताउनु भयो। ‘सयवटा भन्दा बढी देश, विश्व परिक्रमा गराएन कि, घुमाएन कि,  के गरेन माधव नेपाललाई?
माधव नेपालले नातावाद कृपावाद चलाइरहँदा, पार्टीका कार्यकर्तामाथि अन्याय थिचोमिचो गरिरहँदा पार्टीले धेरै सहेर पनि माधव नेपाललाई अगाडि बढ्न दियो। तर माधव नेपाल कुलांगार निस्किए’, अध्यक्ष ओलीको कटाक्ष थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *