धनगढीबाट काङ्ग्रेसलाई पत्तासाफ गर्नुपर्छ : नारदमुनी राना

धनगढी ! नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले धनगढीबाट काङ्ग्रेसलाई पत्तासाफ गर्नुपर्ने बताउनु भएको छ। आज धनगढी वडा न.०८ चुनावी घरदैलो अभियान मार्फत कोण सभालाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसले देश र जनतालाई दुख दिएको बताउनु भयो।

एमालेले जनताका लागि वृद्धभत्ता उपलब्ध गराएको,बिकासका योजनाहरु ल्याएको,भुमिहिन सुकुम्बासी जनताका लागि जग्गा धनी लालपुर्जा वितरण गर्न अघि बढाएको बताउनु भयो। एमाले देश र जनताको एजेन्डामा हिड्ने पार्टी भएकाले एमालेका उम्मेदवारहरुलाई भोट दिन जनतासामु अपिल गर्नुभयो। उहाँले वर्तमान गठबन्धन नभएर ठगबन्धन भएको जिकिर गर्नु भयो।

एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना थारु उम्मेदवार हुनुहुन्छ। त्यसैगरी वडा न.०८ को वडा अध्यक्षमा जुगराम चौधरी हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *