स्थानीय निर्वाचन : भरतपुरमा एमाले र राप्रपा बिच तालमेल हुँदै

काठमाडौं ! भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको एमाले चितवनका एक नेताले सभ्य खबरलाई जानकारी दिनुभयो ।

तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गर्नुभएको थियो । सहमतिको लगभग टुंगिएको छ,’ राप्रपा स्रोतले पनि भन्यो, ‘उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल गर्ने सहमती भएको छ ।’ उपमेयर कस्लाई बनाउने भन्ने बारे छलफल भइरहेको छ । भरतपुर महानगरमा राप्रपाको राम्रै प्रभाव छ । पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र भएका कारणले पनि यहाँ राप्रपा बलियो शक्तिको रुपमा छ । गत स्थानीय तहको निर्वाचनमा पनि राप्रपाका उम्मेदवारले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक राप्रपाले १० हजार बढि मतदाता आफ्नो रहेको दावी गर्दैै आएको छ ।
एमालेले यसअघि नै विजय सुवेदीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनि घरदैलो अभियानमा जुटिसकेका छन् ।

एमाले र राप्रपाबिच हुने तालमेलको केही समयमा सम्झौता हुने जनाइएको छ। एमाले र राप्रपा बिच हुने तालमेलले गठबन्धनकि उम्मेदवार रेणु दाहाललाई थप चुनौती हुने पक्का छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *