काठमाडौं ! एमाले विभाजन भएपछि परेको प्रभावका कारण सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनुभएको छ ।
विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराज पार्टी विभाजनपछि एमालेमै रहनुभएको छ । बाजुराबाट निर्वाचित शाह ०७४ फागुन ३ गते तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको थियो भने गत जेठमा फेरि आर्थिक मामिला तथा योजनामन्त्री हुनुभएको थियो । गहतराज पनि जेठमै राज्यमन्त्री हुनुभएको थियो।