तालमेलको संस्कृतिले कसैलाई राम्रो गर्दैन : गगन थापा

काठमाडौँ ! नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूबीच अहिले अभ्यासमा रहेको तालमेल संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् । नयाँ वर्षको अवसरमा महामन्त्री थापाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै स्थानीय चुनावको सम्मुखमा स्थानीय मुद्दा र गतिविधिमाथि बहस हुनुपर्नेमा त्यो भन्दा धेरै गठबन्धनको बहस भएकोमा दुःख व्यक्त गरे ।

‘अहिले हामी स्थानीय चुनावमा होमिएका छौँ । जनता बलियो हुने, राजनीतिक दल कमजोर हुने बेला हो । त्यसैले यो लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण चरण हो,’ उनले भने, ‘राजनीतिक व्यवस्थामा दलहरुबीचमा गठबन्धन नै नहुने भन्ने होइन । तर हामीले जुन खालको तालमेलको राजनीतिक संस्कृतितर्फ जादैछौँ, यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन । यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्दैन ।’

उनले चुनावमा कसले धेरै दलसँग गठबन्धन गर्नेभन्दा बढी विचारको प्रतिस्पर्धा हुनु आवश्यक रहेको बताए । ‘स्थानीय निर्वाचनमा हामीले आफ्नो बारेमा चर्चा गर्नुपर्ने हो । हाम्रो ठाउँ कसरी राम्रो बनाउने भनेर चर्चा, छलफल र बहस गर्नुपर्ने हो, विचारको प्रतिस्पर्धा हुनुपर्ने हो,’ उनले भने, ‘तर अनौठो र अमिलो महसुस भइरहेको छ कि स्थानीय चुनावमा गाउँठाउँका मुद्दाहरु भन्दा पनि गठबन्धनको विषयले चर्चा पाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *