‘सुर्य’ चिन्ह जनतामा लोकप्रिय रहेकाले आफुहरुपनि उक्त चुनाव चिन्हमा निर्वाचन लड्न तयार : कमल थापा

काठमाडौं ! राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताउनु भएको छ । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताउनु भयो । एमाले देशभर लोकप्रिय पार्टी र सुर्य चिन्ह जनताको मनमनमा बस्न सफल भएकाले आफुहरुपनि सुर्य चिन्हमा सहकार्य गरेर चुनावमा लड्न तयार रहेको बताउनु भयो।

उहाँले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि खुलाउनु भयो । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *