देउवा सरकारको नियतप्रति एमाले अध्यक्ष ओलीको आक्रोश : दिल्लीस्थित नेपाली दूतावासमा चुच्चे नक्सा किन हटाइयो?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको प्रति खेद प्रकट गर्नुभएको छ ।

आज काठमाडौंमा एमाले निकट बुद्धिजीवी परिषदको भेलामा आयोजित कार्यक्रममा उहाँले सरकारको नियतमाथि प्रश्न गर्नुभयो।
‘नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’-उहाँले भन्नुभयो।

आफूले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यसकै लागि जानुभएको रहेछ ।’

दुतावासमा चुच्चेनक्सा हटाइएकोप्रति देशभर सर्वत्र विरोध भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *