गठबन्धन गर्दा एमालेले जितेका ठाउँमा एसलाई दिनुपर्छ: मुख्यमन्त्री पाण्डे

काठमाडौँ – बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आसन्न स्थानीय तह निर्वाचनमा सबै स्थानमा पाँच दलीय गठबन्धन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

विदुरमा आज समाजवादी पत्रकार सङ्गठनले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएकाले गठनबन्धन हुनेमा ढुक्क भए पनि सबैतिर भने हुन नसक्ने आशङ्का भने कामयै भएको बताए ।

 


 

`कतै एकै दलको मात्र बाहुल्य भएको हुनसक्छ । त्यस्तो ठाउँमा किन गठबन्धन गर्ने भन्ने कुरा हुनसक्छ । स्थानीय तहका कार्यकर्ताबाट त्यस्तो आउन सक्छ । कतै बागी उम्मेदवार खडा गर्ने र गोप्यरूपमा उसलाई सहयोग गर्ने पनि हुनसक्छ`, मुख्यमन्त्री पाण्डेले भने, `हामी पनि टेष्टेड भएका छैनौँ, के होला भन्ने छ । गठबन्धन ८० प्रतिशत ठाउँमा विश्वासपूर्ण रूपमा कायम हुन्छ ।`

मुख्यमन्त्री पाण्डेले गठबन्धनसँग उम्मेदवार भाग लगाउँदा एमालेले जितेको जति हामीलाई दिनुपर्छ भन्ने बताए । `छलफल होला केही थपघट होला तर दाबी भने एमालेले जितेको जति हामीलाई चाहिन्छ भन्ने नै छ । यसको खाका एक सातामै टुङ्गो लाग्नेछ`, उनले भने ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले शिक्षा र यातायात क्षेत्रमा आमूल परिवर्तन ल्याउन लागेको समेत दाबी गरे ।

उनले बागमती प्रदेशभित्रका ११९ स्थानीय तहका एक÷एक जनालाई एसईई पछि तीन वर्षे प्राविधिक शिक्षा पढाएर आ–आफ्नो स्थानीय तहमा पठाउने योजनाको निर्णय भइसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *