मधेसमा कार्यकर्ता तान्न दलहरुको होडबाजी

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् ।

विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ–आफ्नो जित सुनिश्ति भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै मधेसमा पार्टी प्रवेशको लहर चलेको छ ।

चुनावमा उम्मेदवार बनाएर जिताउनेसम्मका आश्वासन दिएर अर्को पार्टीका नेता–कार्यकर्ता तान्न शीर्ष नेता नै सक्रिय बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, राप्रपाबीच कार्यकर्ता तान्ने होडबाजी चलेको छ । पार्टी प्रवेशको लहरलाई निर्वाचनसँग जोडेर हेरिएको छ ।

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका दलले मधेसमा बढी ध्यान दिएका छन् । अहिले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मधेस दौडाहामा छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *