विचार नमिल्ने पार्टीहरुसँग गठबन्धन गर्नुहुन्न : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विचार नमिल्ने पार्टीहरुसँग गठबन्धन आवश्यक नभएको बताएका छन् । मंगलबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको एक कार्यक्रममा स्थानीय तह चुनावी गीत सार्वजनिक गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले विचार नमिल्ने पार्टीहरुसँग गठबन्धन गरेर जाँदा नेपाली कांग्रेसलाई घाटा हुने भएकाले कार्यकर्ताहरुको भावना र विचारलाई कदर गर्न नेताहरुलाई आग्रह गरेका छन् । उनले स्थानीय तहको निर्वाचनका लागि गठबन्धन गर्नुको आवश्यकता नभएका बताए ।

उनले मुलुकको आर्थिक अवस्था जर्जर बन्दै गएको प्रति पार्टीका शीर्षस्थ नेताहरुले ध्यान दिनुपर्ने र आगामी निर्वाचनमा एजेण्डा बनाएर अघि बढ्न आग्रह गरे ।

नेपाल सांस्कृतिक संघले तयार पारेको र नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेद्वारा लिखित आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि तयार पारिएको चुनावी गीत नेता कोइरालाले सार्वजनिक गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *