सरकारमा सहभागिताका बिसयमा प्रधानमन्त्री देउवासँग छलफल भैरहेको महन्त ठाकुरको खुलासा

धनुषा – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभएको छ ।

जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आफूहरुलाई आग्रह गर्नुभएको र त्यहीअनुसार पार्टीभित्र छलफल भइरहेको बताउनुभएको हो ।

उहाँले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकताको समस्या समाधान र आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाएका मुद्दा फिर्ताको विषय समाधान हुनुपर्ने माग रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *