माधव नेपाललाई झेलीको आरोप लगाउदै प्रदिप नेपालले गरे नेकपा (एस) परित्यागको घोषणा

काठमाडौं ! नेकपा(एस)का केन्द्रिय सदस्य एवम एमालेका पुराना नेता प्रदिप नेपालले नवगठित पार्टीबाट अलग हुने घोषणा गरेका छन।

फेसबुक मार्फत माधव नेपालले आफुमाथि झेली गरेको आरोप लगाउदै नेकपा (एस) बाट बिदा लिएको घोषणा गरेका हुन।आफुलाई पार्टिमा आवद्ध गराउने भए पार्टिको सिद्धान्त जवज हुनुपर्ने अडान राखेका उनले,हाल आएर माधव नेपालले धोका दिएको र अलग हुनुपर्ने बाध्यता आएको बताएका छन। उनले आफू जवज छोड्न नसक्ने स्पस्ट पारेका छन। नेता प्रदिप नेपालको यो निर्णयले माधव नेपाललाई ठूलो झड्का लागेको छ।
हेर्नुहोस उनले फेसबुकमा लेखेको स्टाटस:-

माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *