तरुण दलका जिल्ला उपाध्यक्ष एमालेमा प्रवेस,अध्यक्ष ओलीले गर्नुभयो स्वागत

काठमाडौं ! नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच बालकोटमा उनलाई पार्टी प्रवेस गराउनु भएको हो।बिस्णु न्यौपाने कंचनपुरमा निकै लोकपि्रय नेता मानिन्छन,उनको स्थानिय तहमा निकै राम्रो पकड रहेको बताईएको छ।

उक्त कार्यक्रममा पार्टिका नेता राम बहादुर थापा बादल,एमाले सुदुपश्चिम इन्चार्ज लेखराज भट्ट,सह- इन्चार्ज नारदमुनी राना,प्रदेश अध्यक्ष कर्ण थापा,पुर्व राज्यमन्त्री एवम केन्द्रिय सदस्य लिला भण्डारी,केन्द्रिय सदस्य निरु पाल लगायतको उपस्तिथि थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *