प्रधानमन्त्री देउवालाई ओलीको कटाक्ष– तपाईंको घरबाट पारी जान अघिल्लो सरकारले बनाएकै पुल तर्नुपर्छ

काठमाडौ !एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली नदीमा तुइन विस्थापित गर्दै आफ्नो नेतृत्वको सरकारले पुल हाल्ने काम गर्दै आएको स्मरण गराएका छन् । दार्चुला घटनाबारे टिप्पणी गर्दै उनले सत्ता पक्षबाट ‘ओलीले तुइन विस्थापित गर्छु’ भनेर पनि नगरेका कारण यस्तो घटना हुन पुगेको भन्ने खालका प्रतिक्रिया आएको जनाए ।

आफू सरकारमा आउनु अघि महाकाली नदीमा पुल बनाउन भारतले सहमति नदिने गरेको पनि उनले उल्लेख गरे । ‘मैले कुरा गरेर सहमति लिएपछि तुइनहरू विस्थापित भएका छन्, पुलह रु बनेका छन्,’ उनले भने, ‘त्यो त सम्माननीय प्रधानमन्त्रीजीलाई थाहा छ, उहाँको घरबाट पारीपट्टी पिथौरागढ जानु पर्‍यो भने अघिल्लो सरकारले हालिदिएको पुल तरेर जानुपर्छ ।’

उनले अघिल्लो सरकारले गरेका कतिपय कामलाई नचाहेर पनि अहिलेको सरकारले निरन्तरता दिन बाध्य हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *