माधव नेपाललाई योगेश भट्टराईको कटाक्ष, आफैँसँग भएकालाई अध्यक्ष दिनुस्

 

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नैलाई अध्यक्ष बनाएर उदाहरण देखाउन भन्दै कटाक्ष गरेका छन्।

भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गरेका हुन्।  सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु। आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले  हिजो एक कार्यक्रममा आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताएका थिए। उनले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति नेताप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए।उनले आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोप लगाए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *