भक्तपुरमा काङ्ग्रेस माओवादी परित्याग गरि सयौं नेता कार्यकर्ता एमालेमा प्रवेस, महेश बस्नेतले गर्नुभयो स्वागत

काठमाडौं ! नेकपा ( एमाले) भक्तपुर जिल्ला संगठन कमिटीकाे आयाेजनामा आयोजित एक विशेष कार्यक्रममा नेकपा माआेबादी केन्द्र ,नेपाली काँगेस परित्याग गरि सयौंको सङ्ख्यामा नेकपा एमालेमा प्रवेस गरेका छन। 

पुर्वमन्त्री एवम भक्तपुर-२ प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सयौं नेता कार्यकर्ता एमालेमा प्रवेस गरेका हुन। 

एमालेबाट माधव नेपाल समूह बाहिरिए पनि देशभरी भुगोलमा नेकपा एमाले उत्तिकै लोकपि्रय छ । केही नेता र कार्यकर्ताले एमाले छोडेपनी यसको प्रभाव आम मतदातामा खासै नपर्ने एमालेका नेताहरुको बुझाइलाई यी दृश्यहरुले प्रमाणित गर्दैछ।तत्कालीन प्रधानमन्त्री केपी ओलीको लोकपि्रय सरकारले गरेका कामहरुबाट जनता प्रसन्न छन,आफ्नै बहुमत हुदाहुदै पनि पार्टी भित्रैबाट ओली सरकार ढलेको जनतामा छर्लङ्ग छ,त्यसैलेपनी त्यो लोकपि्रय सरकारलाई जनताले बिर्सन चाहन्नन। 

भक्तपुरको सवालमा साङ्सद महेश बस्नेतले सयौ जनप्रीय कामहरु गर्नुभएको छ,त्यसैले पनि जनतामा उहाको छाप राम्रो छ। पार्टी प्रवेसको यो परिघटनाले माओवादी,काङ्ग्रेस र नेकपा एसको निद हराम हुने पक्का छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *